आमा

तिमी परिवारको झुण्ड
मायाको कुण्ड
सुर्यको ज्योती सगै उठ
घर- कसेर लगाउ
लिप-पोत गर
बा का लागि छुट्टै 
सनो कसुडिमा
खाना बनाउ
नति- नातिनिका लागि लिटो बनाउ
आमा
 बनाउ जुँघा हेरेर खाना बनाउ
जुँघा हेरेर खुवाउ 
आमा तिमी 
पुगे भाडो पुछेर खाउ
नपुगे भुसको फिठोको 
ढिडो खाउ

भाडा माझ
मेला जाउ
मेला बाट आउदा
मेरो लागि केही 
खानेकुरा लिएर आउ
बस्तुका लागि घाँस लिएर आउ
दाउरा लिएर आउ
आमा 
मलाई छिटै भोक लाग्छ
खाना पकाउ
आज त अलि मिठो 
खाना पकाउ आमा 
तिमी पुगे खाउ!
 नपुगे.......

Comments

Popular posts from this blog

समानुपातिकतर्फका सांसद कस्का कति ?

18 different hand emojis meaning .