प्रतिबन्ध


सडकका चोक चोक मा
गल्ली गल्ली मा
चिया दोकान देखि
होटेल  सम्म
जाडको डवका देखि
रमको चुस्की सम्म
फेसबुक देखि छापा सम्म
छ्याप छ्याप्ती भेटियो
प्रतिबन्धका खबर
कहिले माइतीघरमा प्रतिबन्ध
कहिले बानेश्वरमा
कहिले आन्दोलन मा प्रतिबन्ध
त कहिले राजनितीमा
के के मा हो के के मा,
जहिलै प्रतिबन्ध
साच्चै
प्रतिबन्ध नै लाउने हो
भने सरकार  लागाए हुनेथियो
ती बलात्कारिहरु माती
ती गाउँ गाउका जिम्मल,खर्दार मुखियाहरु माथि
भ्रस्टाचारि ,व्यविचारी ,सोसक,शासकहरुमाथी
हो!
गर्नु पर्छ प्रतिबन्धको अभ्यास
बुझ्नु पर्छ राष्ट्रिय स्वाधीनता
हुनुपर्छ देश आत्मनिर्भर
हुनुपर्छ जनता स्वाबलम्बि
उभाउनु पर्छ नालापनी मा बगेको रगत
त्येसैले हो सरकार
लाउनु पर्छ प्रतिबन्ध पुर्वतिर
त्येहा दिनडहाडै
नेपालीआत्मा माथी गोलि चल्न सक्छ
लाउनु पर्छ प्रतिबन्ध पश्चिम् तिर
यार्सागुम्बा सगै नेपाली चेली बेचिन सक्छ्
लाउनु पर्छ प्रतिबन्ध दक्षिण तिर
जुनकुनै बेला सिमा मिचिन सक्छ
बिकास मा प्रतिबन्ध होइन
बरु
युवा शक्ति पलाएन मा
लागाउनु पर्छ प्रतिवन्ध
खाडिबाट आएको पसिना मा हैन
नेपाल आउने अफिममा लगाउनु पर्छ प्रतिबन्ध
तर ठिक उल्टो छ यहा
जनताका सुबिधामा प्रतिबन्ध
स्वतन्त्रतामा प्रतिबन्
अधिकार मा प्रतिबन्ध
प्राविधिक शिक्षा मा प्रतिबन्ध
औसधि मा प्रतिबन्ध
किन ?
गर्नु हुदैन बैचारिक प्रतीबन्ध
फेरि प्रतिबन्ध सुन्नु नपरोस्
प्रतिबन्ध
लेख्न नपरोस
प्रतिबन्धका कविता
सुन्न नपरोस
प्रतिबन्धका भाषाण  ।

रबिन - रेचन
ललितपुर
२०७५/१२/२ टिकथलि

Comments

Popular posts from this blog

आमा

18 different hand emojis meaning .

Valentine's Day